Prakash Adhikari June 25, 2018

मस्को(रुस), १० असार । आइतबार सम्पन्न फिफा विश्वकपको खेलमा सेनेगल र जापानले बराबरी गोल गरेका छन् । खेल २-२ गोलको नतिजामा टुङ्गिएको छ।

समूहमा कमजोर आँकिएका अफ्रिकी राष्ट्र सेनेगल र एसियाली देश जापानले समूह चरणको खेलमा बलिया मानिएका देशहरू क्रमशस् पोल्यान्ड र कोलम्बियालाई पराजित गरेका थिए ।

निक्कै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा सेनेगलले खेलको ११ औं मिनेटमा १० नम्बर जर्सीका साडियो मानेले गोल हानेर टीमलाई अग्रता दिलाएका थिए ।

पछि परेको जापानका लागि ३४ औं मिनेटमा इनउइले गोल फर्काउँदै खेललाई प्रतिस्पर्धात्मक बनाए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोश्रो हाफ पनि प्रतिष्पर्धात्मक रह्‍यो। सेनेगलले खेलको ७१ औं मिनेटमा गोल गर्दै फेरि अग्रता लियो।सेनेगलका लागि दोश्रो गोल सेनेगलका १९ वर्षिय वागेले गरे। सेनेगलका लागि यो उनको पहिलो अन्तराष्ट्रिय गोल थियो।

दोश्रो गोल खाएपछि दबाबमा परेको जापानले ७८ औं मिनेटमा अर्को गोल फर्काउने सफलता पायो । जापानका स्टार खेलाडी केसुके होन्डाले आफ्नो ३७ औं अन्तराष्ट्रिय गोललाई जापानको बराबरी गोल बनाए।

Share Now

Leave a comment.