कीर्तिपुर(काठकमाडौं), २२ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भैरहेको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हालेर ब्याटिड. रोजेको कर्णालीले निर्धारित २० ओभरमा १ सय ३३ रन जोडेको थियो ।
कर्णालीका लागि विलियम बासिस्टोले ६६ रन जोडे । उनले ४९ बलमा ५ चौका र ३ छक्काको मद्दतले ६६ रन जोडेका थिए । खेलमा नेपालका देव खनालले ४८ बलमा ४ चौका र २ छक्काको मद्दतले ५३ रन जोडे । भारतका चर्चित खेलाडी शेखर धवनले ५ रनमा आउट भए । अन्य खेलाडीहरुले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णालीका जेशन मक्सूदले २, चाडविक वाल्टन र अर्जुन घर्तीले १ रन बनाए । गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, युनिस ठकुरी र विपिन शर्मा शून्य रनमा बाहिरिए ।
कर्णालीलाई रोक्ने क्रममा विराटनगरका प्रतिश जीसीले ४ , क्रिश सोल र वशिर अहमदले २ । २ अकिव इलियाशले १ विकेट लिए । प्रतिशको बलमा एक विकेट रन आउटबाट विराटनगर किंग्सले हासिल गर्यो ।


















