Prakash Adhikari December 7, 2024

सिउल(दक्षिण कोरिया), २२ मंंसिर(बीबीसी) । दक्षिण कोरियाका राष्ट्रपति यून सुक यउलविरुद्ध दर्ता भएको महाअभियोगमा मतदानअघि दशौँ हजार दक्षिण कोरियालीहरूले संसद्‌ भवन बाहिर प्रदर्शन गरेका छन्।

उनीहरूले राष्ट्रपति यूनको बहिर्गमनको माग गरेका छन्। त्यसअघि यूनले ुमार्शल लु लागु गरेकोमा माफी माग्दै पुन यस्तो कदम नचाल्ने वाचा गर्नुभएको थियो।

मङ्गलवार राती यूनले घोषणा गरेको सैनिक शासन छ घण्टामै त्यहाँको संसद्‌ले उल्ट्याइदिएको थियो। त्यसपछि उहाँले महाअभियोगको सामना गरिरहेका छन्।

राष्ट्रपतिको सम्बोधनपछि प्रतिक्रिया दिँदै सत्तारूढ पीपल्स पावर पार्टीका नेताले यूनले नियमित कामकाज जारी राख्न असम्भव रहेको बताउनुभएको छ।

“उहाँको अग्रिम राजीनामा अवश्यमभावी छ”, पीपीपीका हान दोङ-हूनले भन्नुभयो। यद्यपि उहाँको दलले महाअभियोग प्रस्तावमा समर्थन नगर्ने जनाएको छ।

सैन्य शासन घोषणा गरेपछि दक्षिण कोरियाका राष्ट्रपतिले आफ्नै दलका नेतालाई पक्रन आदेश दिनुभएको थियो ।

त्यसअघि टेलिभिजन मार्फत् छोटो सम्बोधन गर्दै राष्ट्रपति यूनले माफी माग्नुभयो।

“म एकदमै क्षमाप्रार्थी छु र स्तब्ध भएका जनताहरूसँग माफी माग्न चाहन्छु”, यूनले भन्नुभयो ।

दक्षिण कोरियामा मार्शल ल पछि के के भयो भन्ने टाइमलाइन

दक्षिण कोरियामा मार्शल ल पछि के के भयो भन्ने टाइमलाइन

मार्शल ल लागु गरेपछिको पहिलो राष्ट्रका नाममा गरिएको सम्बोधन मार्फत् उहाँलेराजीनामा घोषणा गर्ने आकलन गरिएको थियो। तर उहाँले त्यसो गर्नुभएन ।

बरु उहाँले अवस्था सामान्य बनाउने जिम्मेवारी सत्तामा रहेको आफ्नो दललाई सुम्पिने बताउनुभयो।

उहाँले महाअभियोगको प्रसङ्गबारे केही उल्लेख गरेनन्। विपक्षी दलले अघि बढाएको महाअभियोगमा शनिवार मतदान हुँदै छ। कुल ३०० सदस्य रहेको संसद्बाट राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित गर्न विपक्षी दलहरूलाई सत्ताधारी पार्टीका आठ जना सांसदको समर्थन आवश्यक पर्छ।

प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टीका नेता ली जे-म्युङले राष्ट्रपतिको प्रतिक्रियाले मानिसहरूमा थप आक्रोश बढाएको बताउनुभएको छ।

उहाँले राष्ट्रपति यूनलाई पदबाट हटाउन आफूहरूले सक्दो प्रयास गर्ने बताउनुभएको छ।

राजनीतिक हलचल

यूनले मङ्गलवार राती घोषणा गरेको सैनिक शासनपछि दक्षिण कोरियामा राजनीतिक उतारचढाव जारी छ।

उहाँले ूराज्यविरोधी शक्तिहरूू र उत्तर कोरियाबाट खतरा भएकाले सैन्य शासन लागु गरिएको बताउनुभएको थियो। तर उहाँको कदम बाह्य खतराभन्दा पनि आन्तरिक राजनीतिमा देखिएको समस्याका कारण चालिएको केही सममयमै प्रस्ट भइसकेको थियो।

संसद्को कारबाही स्थगित गरिनुका साथै संसद् भवनभित्र प्रवेश गर्ने बाटो समेत बन्द गरिए पछि सांसदहरु पर्खाल चढेर र अवरोधहरू नाघेर भवनभित्र प्रवेश गर्न सफल भएका थिए।

महाअभियोग प्रक्रिया बुझाउने चित्र

महाअभियोग प्रक्रिया बुझाउने चित्र
सैनिक शासनका विपक्षमा १९० जना सांसदले मतदान गरेपछि राष्ट्रपति यूनको घोषणा फिर्ता भयो तर उहाँले फेरी यस्तो घोषणा गर्ने चिन्ता दक्षिण कोरियालीहरूमा हटिसकेको छैन।

केही सांसदहरू ुन्याश्नल असेम्ब्लीु अर्थात् संसद् भवन नजिकै बसिरहेका थिए। केही गरी पुनः ुमार्शल लु घोषणा भएको अवस्थामा त्यसलाई मतदानबाट निष्क्रिय बनाउन आफूहरू नजिकै बसेको उहाँहरूको भनाई छ।

सैन्य शासनको प्रयास गर्नु अघिबाटै यूनको लोकप्रियता घट्दो क्रममा रहेको सर्वेक्षणहरूले देखाएका थिए। त्यसको एउटा कारण उहाँमाथि लागेको भ्रष्टाचारको अभियोग थियो भने अर्को कारण हालैको निर्वाचनबाट फेरिएको संसद्‌मा कम हुन पुगेको पार्टीको उपस्थितिपछि उहाँको शक्ति घट्नु थियो। अहिले दक्षिण कोरियाको संसद्‌मा विपक्षी दलको बहुमत छ।

Share Now