Prakash Adhikari May 14, 2025

काठमाडौं , ३१ वैशाख। सरकारले दक्षिण कोरिया अध्ययनका लागि जाने विद्यार्थीको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोकेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गर्दै अध्ययनका नाममा कमाउने सोचमा विद्यार्थी जाने र डिप्रेसन जस्ता समस्या झेल्नु परेका कारण एनओसी रोकिएको जानकारी गराएको छ।

‘पैसा कमाउने सोचमा हुँदा अध्ययनमा निरन्तरता नहुने, पैसा कमाउन नसक्दा मानसिक समस्या हुने, कोरिया सरकारले व्याल लिष्ट (कालो सूची)मा राखेको विद्यालयमासमेत विद्यार्थी पठाउनेलगायत समस्या देखिएकाले हाललाई एनओसी स्थगन गरिएको छ’, सूचनामा भनिएको छ।

कोरियामा डी टू र डी फोर भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन स्थगित गरिएको सूचनामा जनाइएको छ।

साथै कोरियामा अध्ययनका लागि जानेलाई व्यवस्थित गर्न एक कार्यदल बनेको र उक्त कार्यदलले अध्ययन गरी प्रतिवेदन बुझाएपछि सोहीअनुसार पछि निर्णय गरिने पनि सूचनामा जनाइएको छ।

 

Share Now