Prakash Adhikari May 14, 2025

 

काठमाडौं, ३१ वैशाख । आज देशका केही भागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ।

कोशी,बागमती र गण्डकी प्रदेशहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना पनि छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरीको सम्भावना रहेको र राति पनि पहाडी क्षेत्रहरूमा हल्का वर्षा र हिमपात हुनसक्ने अनुमान गरिएको छ।

कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार ती प्रदेशका एकरदुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना पनि रहेको छ ।

देशका उच्च(पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने हावाहुरीको सम्भावना रहेको छ ।

आज राति पनि कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग् सहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च(पहाडी तथा हिमाली भू(भागका ‍एक(दुई स्थानमा हिमपातसहित हल्का वर्षाको सम्भावना हरेको छ

Share Now