Prakash Adhikari June 12, 2025

काठमाडौँ, २९ जेठः साताको अन्तिम कारोबार दिन शेयर बजार ओरालो लागेर बन्द भएको छ । यस दिन धितोपत्र बजार परिसूचक ९.०८ अङ्कले घटेर २६५५ .३८ अङ्कमा सीमित भएको छ ।

बिहिवार विभिन्न तीन सय ११ कम्पनीका दुई करोड ८६ लाख सात हजार ६५८ कित्ता शेयर एक लाख दुई हजार ८९५ पटक खरिद बिक्री हुँदा रु १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार ९६१ दशमलव ६१ मा कारोबार भएको छ ।

आज उपसमूहतर्फ वित्त, होटल तथा पर्यटन, जलविद्युत् र म्युचुअल फण्डको उपसूचक उकालो लागेको छ भने बाँकी उपसमूह घटेको छ ।

साथै पियोर इनर्जी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत, चन्द्रागिरी हिल्स लिमिटेडको छ दशमलव ७८ प्रतिशत र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ९९ प्रतिशतले बढेको छ । साथै गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको नौ दशमलव ९० प्रतिशत, रिभल फल्स पावर लिमिटेडको छ दशमलव ९७ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ५८ प्रतिशतले घटेको छ ।

आजको कारोबारपछि बजार पुँजिकरण ४४ खर्ब २३ अर्ब ३ करोड ७१ लाख ९५ हजार २०८ रुपैयाँ ३४ पैसा पुगेको छ ।

Share Now