काठमाडौं, १४ साउन । भुटानमा यही अगस्ट ६ देखि १० सम्म हुने एएफसी यु २० वुमेन्स एशिया कप क्वालिफायर खेल्न जाने नेपाली राष्ट्रिय यू २० महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघले बिदाई गरेको छ।
दशरथ रंगशालामा आज आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, केन्द्रीय सदस्य भरत बुढ थापा र अनिल मल्ल लगायतले नेपाली यु २० महिला टिमलाई बिदाई गर्नुभएको थियो।
बिदाई कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले टिमलाई सफलताको शुभकामना दिनुभएको थियो।
नेपाली टोली भोलि थिम्पु प्रस्थान गर्दै छ ।
प्रतियोगिताको समूह ए मा नेपाल भुटान साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ । नेपालको पहिलो खेल आयोजक भुटानविरुद्ध छ ।
छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ। ३२ राष्ट्रको सहभागीता रहेको छनोटमा ८ समूह रहेका छन् ।
हरेक समूहका विजेता ८ टोली तथा उत्कृष्ट ३ उपविजेता टोलीले आगामी वर्ष थाइल्याण्डमा हुने यु(२० एसिया कपमा स्थान बनाउनेछ ।
नेपाली युवा टोली
लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी, सेनु परियार, कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर


















