Prakash Adhikari September 1, 2025

 

गुवाहाटी (आसाम), १६ भाद्र । एक दिवसीय श्रृखला खेल्न भारतको आसाम भ्रमणमा आएको नेपाल  क्रिकेट टिमले आज आथितेय टिम आसामसंग अन्तिम पाँचौ र निर्णायक खेल खेल्ने भएको छ ।

भारतको गुवाहाटीमा भइरहेको टी २० सिरिजको चौथो खेलमा आइतबार आसामले नेपाल’ ए”लाई १८ रनले पराजित गरे पछि आजको पाँचौ खेल निर्णायक हुने भएको हो ।

खेल दिउँसो ३ः १५ मा हुने भएको छ ।

पाहुँना टोली नेपाल  ‘ए’ र आतिथेय टोली आसाम दुवैले हालसम्म २-२ खेल जितेका छन् ।

आसामले पहिलो र चौथो खेल जित्यो भने नेपाल ‘ए’ ले लगातार दोस्रो र तेस्रो खेल जितेको थियो ।

आइतबार सम्पन्न चौथौ खेलमा आसामले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन मात्र बनाउन सक्यो।

खेलमा नेपाल ‘ए’ का कप्तान अनिल साहले सर्वाधिक ६७ रन बनाएपनि टोलीलाई जिताउन सो योगफल पर्याप्त भएन । इशान पाण्डेले २७ रन बनाए ।

नेपाललाई रोक्ने क्रममा आसामका अभिनव चौधरी र अब्दुल कुरेशीले ३-३ विकेट लिए भने सादिक हुसेनले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आसामले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।

आसामका लागि कप्तान सुमित घडिअन्करले सर्वाधिक अविजित ७० रन बनाए । ‍उनी २०औं ओभरको पहिलो बलमा रिटायर्ड भए ।

चौथो खेलमा नेपालको बलिड. पनि कमजोर रह्यो । नेपालका आकाश चन्दले २ विकेट लिँदा बसिर अहमदले १ विकेट लिए ।

बिहीबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो ।

त्यस्ते तेस्रो खेलमा शनिबार ९ रनले नेपाल ए विजयी भएको थियो ।

 

Share Now