Prakash Adhikari September 28, 2025
काठमाडौं, १२ असोज । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका कर्मचारी र ग्राहकहरूलाई हुण्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. का देशभरका शाखाहरुबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने  सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले लक्ष्मी इन्टरकन्टिनेन्टलबाट  हुण्डाई ब्राण्डका विभिन्न मोडलका गाडी खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडीको खरिद रकममा थप रु. ५० हजार देखि  ८१ हजार सम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.को तर्फबाट महाप्रबन्धक  दिपक थपलियाले हस्ताक्षर गर्नुभयो ।
Share Now