Prakash Adhikari September 29, 2025
मुग्लिन(चितवन), १३ असोजः नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ ।
अपरान्ह १२ बजे खसेको पहिरो अहिले साँझ छ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो ।
अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
दिउँसो पहिरो निरन्तर झरिरहेको थियो।  पहिरोले सडकको ७० मिटर भाग ढाकेको थियो । विभागले दुई वटा मेसिन लगाएर पहिरो पन्छाएको थियो ।
गत हप्ता पनि  पहिरो खस्दा सडकमा यातायात सञ्चालन गर्न ४८ घण्टा लागेको थियो ।
Share Now