पार्टीको केन्द्रीय समितिको आजको बैठकमा उहाँले सो प्रस्ताव राख्नुभएको हो ।
बैठकको सुरूमा सम्बोधन गर्दै उहाँले आगामी पुस १६ देखि १९ सम्म पार्टीको १५ औं महाधिवेशनको प्रस्ताव राख्नुभएको थियो।
नेपाली कांग्रेसको संस्थापन पक्षको सोमबार बसेको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको थियो।
नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो ।
संस्थापन इतरका नेताहरूले पार्टीको नियमित अधिवेशन प्रतिनिधिसभा निर्वाचन अगाडि गर्नुपर्ने नभए विशेष महाधिवेशन गर्नुपर्ने माग राख्दै आएका छन् ।
उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् ।


















