काठमाडौं, २७ कार्तिक । साताको अन्तिम कारोबार दिन बिहिवार नेपालको शेयर बजार बढोत्तरीको सकारात्मक सन्देश दिएर बन्द भएको छ । यस दिन धितोपत्र बजार परिसूचक १.१३ अंक बढेर २५४५ अंकमा कायम भएको छ।
बिहिवार १ सय २३ स्क्रिप्टको मूल्य बढ्दा १ सय २४ को घटेको र ८ को स्थिर रहेको छ।
यस दिन ३ सय २९ स्क्रिप्टको ७६ लाख ५ हजार ५ सय ८४ शेयरको खरिदबिक्रीबाट ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार ६ सय ७१ रुपैया ८२ पैसाको कारोबार भएको छ । अघिल्लो दिन ३ अर्ब ८४ करोडको कारोबार भएको थियो ।
सेयर बजार झिनो अंक बढ्दा पनि ६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । माबिलुङ इनर्जी, स्वेतगंगा हाइड्रोपावर, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर, बन्दीपुर केबुलकार र रुरु जलविद्युत् परियोजनाको मूल्य १० प्रतिशत बढ्यो । यस दिन शेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा धरमखोला हाइड्रो, भूगोल इनर्जी, दोल्ती पावर र स्वस्तिक लघुवित्त रहेका छन् ।
यस दिन अधिक मूल्य गुमाउने कम्पनीहरुमा नेपाल माइक्रो इन्स्योरेन्स, एनएमबी सुलभ इन्भेष्टमेण्ट फण्ड २, इस्टर्न हाइड्रोपावर,बेष्ट फाइनान्स,सुपरमादी हाइड्रोपावर,पिपल्स पावर,हिमालयन डिष्टिलरी, सम्पदा लघुवित्त, गुहेश्वरी मर्चेन्ट बैकिंड. एण्ड फाइनान्स र साञ्जेन जलविद्युत कम्पनी रहेका छन् ।
समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । बैंकिङ ०.१२प्रतिशत, फाइनान्स ०.०९प्रतिशत, होटल तथा पर्यटन ०.७२प्रतिशत, हाइड्रोपावर ०.२२प्रतिशत तथा व्यापार ०.७९ प्रतिशत बढे ।
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र साहस ऊर्जा छन् । त्यसपछिको स्थानमा शिभम् सिमेण्ट्स, सीइबीडी होल्डिड.स, राँधी, माउण्टेन इनर्जी र पिपल्स पावर लिमिटेड रहेका छन् ।


















