Prakash Adhikari December 11, 2025
काठमाडौं, २५ मंसिर । े नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले पाटन हेल्थ प्रा.लि.संग सेवा शुल्क छुट सम्बन्धी संझौता गरेको छ ।
यस सम्झौता बमोजिम बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई ललितपुर थसिखेलमा रहेको पाटन हेल्थ ल्याब प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको नमूना संकलनको लागि निःशुल्क होम डेलिभरीको सुविधा र विभिन्न हेल्थ प्याकेज मा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख  निर्मल सुवेदी र पाटन हेल्थ ल्याब प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक सरिता खड्काले हस्ताक्षर गर्नुभएको छ ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरू पाटन हेल्थ ल्याब प्रा.लि. बाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ् ।
Share Now