Prakash Adhikari December 11, 2025

कराकस(भेनेजुयला), २५ मंसिर । अमेरिकाको सैन्य फौजले भेनेजुएलाको तटपारि एक विशाल तेल ट्याङ्कर कब्जा गरेपछि केही महिनादेखि तनावग्रस्त रहँदै आएको दुई देशको सम्बन्ध थप बिग्रिएको छ।

अमेरिकाकी महान्यायाधिवक्ता प्याम बन्डीले उक्त पानीजहाज विदेशी आतङ्ककारी सङ्गठनहरूलाई सघाउन भेनेजुएला र इरानबीच तेल आपूर्ति जस्तो ुअवैध शिपिङ् सञ्जालुमा सामेल भएको आरोप लगाउनुभएको छ।

तर भेनेजुएलाका अधिकारीहरूले उक्त कब्जालाई अन्तर्राष्ट्रिय डकैतीको कार्य भनेका छन्।

भेनेजुएला भड्कियो

अमेरिकाले केही समययता भेनेजुएला वरपरको क्यारेबिअन क्षेत्रमा आफ्नो सैन्य गतिविधि बढाउँदै लगेको थियो।

सो क्षेत्रमा उसले अपरेशन सदर्न स्पेअरु नामक कारबाहीअन्तर्गत लागु औषध तस्करीमा संलग्न भएका भनिएका डुङ्गा तथा जहाजहरूमाथि निरन्तर प्रहार गर्दै आएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभित्र लागुऔषध तस्करी गरेर अमेरिकीहरूलाई मार्ने उद्देश्यले गरिने गतिविधि रोक्ने आफ्नो उद्देश्य भएको बताएका छन्।

सेप्टेम्बरयता अमेरिकी सेनाले गरेका त्यस्ता प्रहारहरूले २३ वटा जहाज निसानामा परेका छन् भने ८४ जनाको ज्यान गएको छ।

बुधवार अमेरिकी फौजले भेनेजुएलाली ट्याङ्कर कब्जा गर्नुलाई तनाव थप चर्किएको सङ्केत मानिएको छ। ट्रम्पले त्यस्ता थप कारबाही गर्न लागेको बीबीसीको अमेरिकी सञ्चार साझेदार सीबीएस न्यूजले विवरण दिएको छ।

पछिल्ला कारवाहीबारे भेनेजुएलाको सरकारले कडा प्रतिक्रिया जनाएको छ।

एक वक्तव्य जारी गर्दै उसले भेनेजुएलाविरुद्ध अवलम्बन गरिएको ुआक्रामक नीतिु उक्त देशको ुऊर्जा स्रोत लुट्ने नियोजित योजनाुको अङ्ग भएको जनाएको छ।

भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डिओस्डाडो काबेयोले अमेरिकालाई ूहत्यारा, चोर, डाँकाू भन्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

ह्वाइट हाउसको रुजभेल्ट रुममा बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाली ट्याङ्कर कब्जा गरिएको जानकारी दिनुभएको थियो।

“हामीले भर्खरै भेनेजुएलाको तटमा एउटा ट्याङ्कर कब्जा गरेका छौँ। ठूलो ट्याङ्कर‘खासमा हालसम्मकै कब्जा गरिएको ठूलो ट्याङ्कर”, उहाँले पत्रकारहरूलाई भन्नुभयो । उहाँले थप विवरण दिनुभएन ।

ट्रम्प लामो समयदेखि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोका कटु आलोचक रहँदै आउनुभएको छ । यो वर्षको सुरुमा फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा उहाँले मदुरोलाई खराब निरङ्कुश शासक भन्नुभएको थियो ।

के मदुरोलाई सत्ताबाट हट्ने माग हो भनेर ट्रम्पलाई सोधिएको एक प्रश्नमा उहाँले भन्नुभयो, “हामी त्यो नीतिमा काम गर्ने छौँ।”

महिनौँदेखि अमेरिकाले क्यारेबिअन सागरमा सैन्य शक्ति एकत्रित गरिरहेको छ। उसका युद्धपोत, लडाकू विमान, बमवर्षक, ड्रोन तथा जासुसी विमान त्यहाँ खटाइएका छन्।

अमेरिकाले क्यारेबिअन तथा पूर्वी प्रशान्त क्षेत्रमा केही महिनादेखि लागुऔषध ओसारपसारमा संलग्न भनिएका डुङ्गाहरूमा हवाई हमला गरिरहेको छ।

ट्रम्पले मदुरोलाई लागुऔषध तस्कर सङ्गठनका नाइके भन्नुभएको छ र अमेरिकी गुप्तचर संस्था सीआईएलाई भेनेजुएलामा खुफिया कारबाहीको निर्देशन पनि दिनुभएको छ। मदुरोले आफूलाई लागुऔषध सङ्गठनको नाइके भनिएको आरोपको खण्डन गर्दै आउनुभएको छ ।

समुद्री क्षेत्रमा भइरहेको कारबाहीपश्चात् अब अमेरिकाको ध्यान जमिनतर्फ खिचिएको ट्रम्पले बताउनुभएको छ । त्यसले भेनेजुएलाली भूमिमा सम्भावित सैन्य कारबाही सङ्केत गर्छ।

मदुरोको पक्राउमा सहयोग पुग्ने सूचना दिनेलाई अमेरिकाले घोषणा गरेको पुरस्कार राशि गत अगस्टमा बढाएर ५ करोड डलर पुर्‍याइएको छ।

यसबीच अमेरिकाले भेनेजुएलाको तेल ट्याङ्कर कब्जा गरेको खबर सार्वजनिक भएपछि बुधवार नै विश्व बजारमा तेलको भाउ थोरै बढेको थियो।

Share Now