Prakash Adhikari December 18, 2025

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा १०ः०० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो ।

मतगणनाको प्रारम्भिक रुझान ओली प्यानलतर्फ गएको छ । अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता रहेको छ ।

ताजा अवस्थामा मतपरिणाम यस्तो छ:

अध्यक्ष
केपी शर्मा ओली – ३३३
ईश्वर पोखरेल – ११०
उपाध्यक्ष
अरुण नेपाल – ८९
गुरु प्रसाद बराल  -२४२
गोकर्ण राज विष्ट – २५६
टकं प्रसाद कार्की – ७५
पर्शुराम मेघि गुरुङ्ग – ८६
प्रथवि सुव्वा गुरुङ – ३५६
भिम प्रसाद आचार्य – ५१
रघुजी पन्त – २५३
रामबहादुर थापा बादल – ३०९
विन्दा पाण्डे – १६९
विष्णु प्रसाद पौडेल – ३४९

महासचिव

शंकर पोख्रेल – २४९
सुरेन्द्र प्रसाद पाण्डे -१९४

उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : १३३
योगेस भट्टराइ : २६४
रघुविर महासेठ : २६७
राजेन्द्र प्रसाद गौतम : ५५
लेखराज भट्ट : २९३
विष्णु प्रसाद रिमाल : २२०
वैजनाथ चौधरी : ५७
सचिव
अग्नि प्रसाद खरेल : १४९
इन्द्रलाल साप्कोटा : ७४
कर्णबहादुर थापा : १६६
कृष्ण गोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुल प्रसाद बास्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुर प्रसाद गैरे : १७५
पद्मा कुमारी अर्याल : ३०५
पुर्सोतम पौडेल : ८६
पेम्वा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कडेल : २६९
रचना खड्का : १६९
राजन भट्टराइ : २३६
लाल बाबु पण्डित : ७३
विनोद प्रसाद ढकाल : १४८
शेरधन राई : ३००
हिक्मत कुमार कार्की : २७४

पोखरेलले मतगणना सुरु भएको तीन घण्टामा मतपरिणाम सार्वजनिक हुने बताउनुभयो । आज बिहान सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गर्नुभएको र ३६ प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए ।

एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहानदेखि सुरू भएको मतदान आज बिहान ७ः०० बजे सम्पन्न भएको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका थिए ।

Share Now