Prakash Adhikari December 26, 2025

काठमाडौं, ११ पौष । नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ ।

कोषले उक्त साधरणसभा कोष भवन परिसर नयाँ वानेश्वरमा हुने जानकारी दिएको छ ।

साधारणसभामा कोषको आर्थिक वर्ष २०८१-८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ ।

त्यसैगरी सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका समेत रहेको छ ।

Share Now