कोलम्बो(श्रीलंका), २४ माघ(एजेन्सी) । आइसीसी पुरुष टी २० विश्वकप २०२६ को दोस्रो खेलमा वेष्ट इण्डिजले स्कटल्याण्डलाई पराजित गरेको छ।
भारतको कोलकोतास्थित इडेन गार्डेनमा भएको प्रतियोगिताको दोस्रो खेलमा वेष्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेको हो।
खेलमा १ सय ८३ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २० ओभरको निर्धारित खेल १८.५ ओभरका सबै विकेट गुमाउदै जम्मा १ सय ४७ रन बनाएर नतिजा वेष्ट इण्डिजलाई सुम्पियो।
स्कटल्याण्डका लागि रिचि बेरिड.टनले ४२, तम ब्रुसले ३५, जर्ज मुन्सेले १९ , मार्क वाटले १५ ब्राडन म्याकमुलेनल १४, म्याथु क्रसले ११,ब्राड क्युरीले २ र माइकल जोन्सले १ रनको योगदान दिए । माइकल लिक्स, ओलिभर डेभिडसन र सफयान शरिफ खाता नखोली आउट भए ।
स्कटल्याण्डलाई रोक्नका लागि वेष्ट एण्डिजका रोमारियो शेफर्डले ५, जेशन होल्डरले ३, समर जोसेफ र गुडाकर मोटीले एक एक विकेट लिए ।
त्यस अगाडि कोलकोताको इडेन गार्डेनमा टस जितेर स्कटल्याण्डले फिल्डिड. रोजेपछि ब्याटिड. गरेको वेष्ट एण्डिजले २० ओभरको निर्धारित खेलमा ५ विकेटको क्षतिमा १ सय ८२ रन जोडेको थियो ।
वेष्ट इण्डिजका लागि शिम्रन हेत्मयेरले सर्वाधिक ६४ रन जोडे। खेलमा ब्राण्डन किंग्स्ले ३५, सर्फेन रदरफोर्डले २६, रोभम्यान पावेलले २४, साइ होपले १९, रोमारियो शेफर्डले ६ र म्याथ्यु फोर्डले १ रनको योगदान दिए ।
वेष्ट इण्डिजलाई रोक्नका लागि स्कटल्याण्डका ब्राड क्युरीले २, सफयान शरिफ, ओलिभर डेभिडसन र माइकल लिस्कले एक एक विकेट लिए ।


















