काठमाडौं, ३ असोज । सरकारले करिव ७ वर्षदेखि चिनियाँ कम्पनीले अड्काएर राखेको पश्चिम सेती जलविद्युत आयोजना नयाँ ढाँचाबाट बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्डको मंगलबारको बैठकले यस्तो निर्णय लिएको हो।
योसँगै थ्री गर्जेसँगको सम्झौता तोडिएको छ। सम्वन्धित कम्पनीले अनइच्छा देखाएको कारण नयाँ ढाचाबाट निर्ण गर्न थालिएको बोर्डको सिइओ महाप्रसाद अधिकारीले बताउनुभयो।
परियोजना कसरी अघि बढाउने भन्ने सन्दर्भमा चीनको ऊर्जा, अर्थ र उद्योग मन्त्री सम्मिलती उच्च स्तरिय समिति बनाउने निर्णय भएको छ। समितिको सचिवालय लगानी बोर्डको कार्यालय नै हुनेछ।
त्यस्तै बैठकले जापान क्लब इन्टरनेशनलले होटल निर्माणको लागि गरेको प्रस्ताव स्वीकृत गरेको छ। जापान क्लब इन्टरनेशनलले काठमाडौं, भक्तपुर र पोखरामा होटल निर्माण गर्ने प्रस्ताव गरेको छ।
उसले १३ अर्ब ९० करोडको लगानीमा तीनवटा होटल बनाउने गरी प्रस्ताव गरेको हो।


















