काठमाडौं,९ बैशाख। सम्पत्ति विवरण सार्वजनिक भएपछि जमिनको हदबन्दी र शेयर विवादमा पर्नुभएका गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ। उहाँले बुधबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाउनुभएको हो।
मंगलवारमात्र प्रधानमन्त्री शाहसमक्ष ६० पृष्ठको स्पष्टीकरण दिनुभएका गृहमन्त्री गुरुड.को स्पष्टीकरणमा चित्त नबुझेपछि प्रधानमन्त्री शाहको इशारा अनुसार उहाँले राजिनामा दिनुभएको हो । आफ्नो राजिनामा बारे सामाजिक सञ्जालमा जानकारी दिंदै उहाँले आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन होस् र सरकारको कामकारबाहीमा अवरोध नहोस् भन्ने मनशायले मन्त्री पदबाट बाहिरिने निर्णय लिएको उल्लेख गर्नुभएको छ।


















