Prakash Adhikari April 22, 2026

 

काठमाडौं, ९ वैशाख । साताको तेस्रो कारोबार दिन पनि नेपालको शेयर बजारले अधोगामी लयलाई छोडन सकेन । बुधबार पनि धितोपत्र बजार परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

यस दिन यस दिन धितोपत्र बजार परिसूचक २.९५ अंक घटेर २८०४.१७ विन्दुमा ओर्लिएको छ ।

यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ४२ स्टकको १ करोड ७५ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्रीबाट ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पाल्पा सिमेन्ट इण्डष्ट्रिज, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन झापा इनर्जीको शेयरमूल्य १४ प्रतिशत बढेको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल फरेष्ट इनको शेयरमूल्य यस दिन सर्वाधिक १०.७५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ३४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको साढे ३२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

Share Now