Prakash Adhikari May 5, 2026

कीर्तिपुर(काठमाडौं), २२ बैशाख। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल श्रृखलामा ओमानविरुद्धको अन्तिम खेलमा टस जितेर ब्याटिड. रोजेको छ।

५० ओभरको निर्धारित खेल अहिले ३० औं ओभरमा चल्दैछ , जहाँ नेपालले २ विकेटको क्षतिमा १ सय ३१ रन जुटाएको छ ।

आज नेपाल टिकेर खेलिरहेको छ ।

यो नेपालको यस सिरिजको अन्तिम खेल हो। नेपालले श्रृखलामा यस अगाडि युएईलाई ३७ र ६ रन (डीएलएस मेथड) ले पराजित गरेको नेपालले ओमानसँग भने १ सय २ रनको अन्तरले (डीएलएस मेथड) हार बेहोरेको थियो। आज नेपाल ओमानमाथि जित निकाल्ने रणनीतिमा छ ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले आजको खेलमा दुई परिवर्तन गरेका छन्। ओमानविरुद्धको पहिलो खेलमा महँगो साबित भएका अलराउन्डर करण केसीलाई सोमपाल कामीको स्थानमा ल्याएका छन्।

सोमपालले उक्त खेलमा ९ ओभर बलिङ गर्दै ५९ रन खर्चिएर ४ विकेट लिएका थिए। करणले भने ७ ओभर बलिङ गर्दै ६१ रन खर्चिए पनि विकेटविहीन भएका थिए।

यस्तै, उक्त खेलमा २८ रन बनाएका भीम सार्कीको स्थानमा ओपनर आसिफ शेखलाई टोलीमा फर्काइएको छ।

Share Now