सांघाई(चीन), २१ कार्तिक । चीनको सांघाईमा भईरहेको बेल्ट एण्ड रोड क्रिकेट प्रतियोगितामा नेपालले चौथो जित निकालेको छ ।
आज भएको खेलमा नेपालले आयोजक राष्ट्र चीनलाई ठूलो अन्तरले पराजित गरेको हो ।
खेलमा पहिले ब्याटिड.मा उत्रिएको नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरको खेलमा जम्मा ५७ रन मात्र जोड्न सक्यो । चीन १३.३ ओभरमा अलआउट हुन पुग्यो ।
चीनलाई रोक्ने क्रममा नेपालका रचना चौधरी र टीका शाहले तीन तीन विकेट लिए ।
यस अगाडि पहिले ब्याटिड. गरेको नेपालले २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १ सय ४१ रन जोडेको थियो । नेपालका लागि टीका चौधरीले सर्वाधिक ४३ रनको योगदान गरिन ।
सर्वाधिक ४३ रन बनाउने र तीन विकेट लिने टीका चौधरी आजको खेलको व्यक्तित्व(पीटीओएम) भइन ।







