Prakash Adhikari May 5, 2026

कीर्तिपुर(काठमाडौं), २२ बैशाख । आईसीसी विश्व कप लिग २ छनोट चरण अन्तरगत नेपाल श्रृखलाको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले हराएको छ ।

आज जितको लागि २ सय ५७ रनको चुनौती पछाएको ओमान ३९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ७५ रनमा समेटियो।
ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३६ रन बनाए भने हम्मद मिर्जाले ३४, हसेन उल वाहबले २९, हसन शाहले १४,नदिम खानले १२, वाशिम अलीले १०, आर्यन विष्टले ६, जितेन रमानान्दी र सकिल अहमदले ३।३को योगदान दिए । खेलमा ९ वाइड, १ नो बल र ६ वान बल गरी १६ रन एक्ट्रा जुटाएको थियो ओमानले ।

ओमानलाई रोक्ने क्रममा नेपालका गुलशन झाले ५ विकेट तथा करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले १ । १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २ सय ५६ रन बनायो।

नेपालका लागि आशिफ शेखले ९४ रन बनाए । खेलमा ओपनर अर्जुन कुमालले ४८ रन , आरिफ शेखले ४३, दीपेन्द्रसिंह ऐरीले ३३, गुलशन झाले १७, नन्दन यादवले २, सन्दीप लामिछानेले १ रनको योगदान दिए भने ओपनर विनोद भण्डारी, करन के.सी.शून्य रनमा आउट भए । ललित राजवंशी शून्य रनमा नट आउट रहे । नेपालले ५ वटा वान बल र ४ वटा वाइड बलमार्फत ९ रन एक्स्ट्रा जुटायो ।

नेपाललाई रोक्ने क्रममाओमानका नदिम खानले सर्वाधिक ३ विकेट लिए। सकिल अहमद र हसनेन साहले समान २।२ विकेट लिए।

यो नेपालको आठौं जित हो। १८ अंक सहित सातौं स्थानमा कायमै रहेको छ। यो सिरिजमा नेपालले खेलेको चार खेलमा तीन जितकासाथ ६ अंक बनाउन सफल रहयो। यसअघि नेपालले युएईलाई ३७ रन र ६ रनले हराएको थियो। नेपाल ओमानसँगको पहिलो खेलमा डिएल मेथडमा १ सय २ रनले हारेको थियो।

ओमानले यो सिरिजमा चार खेलमा १ मा जित र ३ खेलमा हार बेहोर्यो। ओमान ३१ अंक सहित तेस्रो स्थानमा रहेको छ।

Share Now