काठमाडौं, ३ जेठ । आज पनि नेपालमा सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ।
बिहीबारदेखि आइतबारसम्म सुनको भाउ प्रतितोला ८ हजार ५ सय रुपैयाँले घटेको छ।्
अघिल्लो कारोबार दिनको तुलनामा आज ४ हजार ५ सय रुपैयाँले सुनको भाउ घटेको छ । अघिल्लो दिन पनि ४ हजार रुपैयाँले मूल्य घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बिहीबार ३ लाख २ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार र आइतबार गरी सुनको भाउ तोलामा ८ हजार ५ सय रुपैयाँ घटेको हो ।
चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ५ हजार ६० रुपैयाँमा झरेको छ ।
बिहीबार चाँदीको मूल्य प्रति तोला ५ हजार ७ सय ४५ रुपैयाँ थियो ।








