Prakash Adhikari May 17, 2026

 

काठमाडौं, ३ जेठ । नेपाली पर्वतारोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको आरोहण गरेर यसअघि आफैँले बनाएको कीर्तिमान तोडेको अधिकारीहरूले जनाएका छन्।

पर्यटन विभागका अनुसार उहाँले आइतवार बिहान १०ः१२ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरो टेक्नुभएको हो।

सन् १९९४ मा पहिलो पटक सगरमाथा चढ्नुभएका उहाँ प्रत्येक वर्ष चुचुरोमा पुग्दै गर्नुहुन्छ। गत वर्ष ३१औँ पटक आरोहण गर्नुभएका उहाँ त्यसअघि २०८१ सालमा २९ र ३०औँ दुई पटक सगरमाथाको शिखर चढ्नुभएको थियो।

विभागका अनुसार सगरमाथा आरोहणमा अर्को कीर्तिमान पनि बनेको छ।

महिला आरोही लाक्पा शेर्पाले पनि आइतवार ९ः३० मा ११औँ पटक सगरमाथाको चुचुरो टेक्नुभएको छ।

महिला आरोही सगरमाथा चढेको यो नै सबैभन्दा धेरै पटक भएको पर्यटन विभागले जनाएको छ।

यसअघि उहाँले नै सन् २०२२ मा १०औँ पटक सगरमाथा आरोहण गर्नुभएको थियो।

त्यस बेला पनि उहाँले आफ्नो नाममा रहेको नौ पटक सगरमाथामा पुग्ने महिला आरोहीको कीर्तिमान तोड्नुभएको थियो ।
कामिरिताः एभरेस्ट म्यान

सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मिनुभएका शेर्पाले २२ वर्ष हुँदादेखि हिमाल चढ्न थाल्नुभएको हो ।

उहाँलाई त्यसको दुई वर्षपछि सन् १९९४ मा सगरमाथाको चुचुरोमा पुग्ने सफलता प्राप्त भएको हो।

सन् २०१८ को मे महिनामा २२औँ पटक सगरमाथा आरोहण गरेर आप्पा शेर्पाको कीर्तिमान भङ्ग गर्नुभएका कामिरिता शेर्पाले त्यसयता आफ्नै कीर्तिमान तोड्दै आउनुभएको पर्यटन विभागको विवरणमा देखिन्छ।

प्रत्येक पटक सगरमाथाबाट फर्किएपछि फेरि चढ्ने उहाँको इच्छाबारे सोध्दा उहाँ जीवनमा धेरै कुरा अनिश्चित हुने बताउनुहुन्छ ।

ु१४ पिक्स एक्सपिडिशनुले उहाँको आरोहणलाई ूविश्व कीर्तिमानभन्दा पनि बढी, हिमालयप्रति आजीवन समर्पणको कथाू भएको बताएको छ।

ूउहाँको उपलब्धिले हिमालप्रति शेर्पा समुदायको समर्पण, मिहिनेत र गहिरो सम्मान भाव प्रतिबिम्बित गर्छ,ू उसले भनेको छ, ू५५ वर्षको उमेरमा उहाँले एकपटक फेरि प्रमाणित गर्नुभएको छ कि दृढता, अनुभव र लचिलोपनले निरन्तर सफलता प्राप्त गर्न सक्छन्, चाहे त्यो पृथ्वीको अग्ला शिखरहरूमा किन नहोओस्।ू

कामिरिता आरोहण संसारको सबैभन्दा बलियो खम्बामध्ये एक भएको उसको भनाइ छ।

उहाँ ुएभरेस्ट म्यानु अर्थात् ुसगरमाथा पुरुषु भनेर परिचित हुनुहुन्छ।

ओडारमा जन्मिनुभएकी पर्वतकी रानी

लाक्पा शेर्पाले पछिल्लो पल्ट सन् २०२२ मा ४८ वर्षको उमेरमा १०औँ पटक सगरमाथा आरोहण गर्नुभएको थियो।

उहाँले सगरमाथा नवौं आरोहण सन् २०१८ मा गर्नुभएको थियो।

उहाँले पहिलो पटक सन् २००० मा सगरमाथाको सफल आरोहण गर्नुभएको हो।

त्यस बेला उहाँ सगरमाथाको चुचुरो पुगेर सुरक्षित फर्किने पहिलो नेपाली महिला बन्नुभयो ।

उहाँ तेस्रो पल्ट सन् २००३ मा भाइ र बहिनीसँगै एकसाथ सगरमाथा चढ्नुभयो जुन गिनिज बुक अफ वर्ल्ड रेकर्डमा अङ्कित हुन पुग्यो।

त्यसपछि उहाँले अमेरिकामा बस्ने रुमेनियामा जन्मिनुभएका आरोही जर्ज डिमारेस्कुसँग बिहे गर्नुभयो।

उहाँले श्रीमान डिमारेस्कुसँग पाँच पटकसम्म सगरमाथा आरोहण गर्नुभयो। बिहे गरेपछि उहाँ अमेरिका बसाइँ सर्नुभयो। तर उहाँको सन् २०१५ मा सम्बन्ध विच्छेद भयो।

एकल आमा लाक्पा शेर्पा मकालु क्षेत्रको एउटा गुफामा जन्मिनुभएको हो।

उहाँले औपचारिक शिक्षा पाएकी पाउनुभएको छैन र पेट पाल्न भाँडा माझ्ने लगायतका काम गर्नुहुन्छ ।

उहाँ माउन्टेन क्वीन अर्थात् पर्वतकी रानी भनेर परिचित हुनुहुन्छ।

Share Now