काठमाडौं, ११ जेठ । नेपाल ए टिमले भारतमा अल इण्डिया गोल्ड कप खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सो प्रतिस्पर्धामा भाग लिने नेपाल ‘ए’ टिमको घोषणा गरेको छ ।
यही मे ३० देखि जुन ७ सम्म हुने प्रतियोगितामा नेपाल ‘ए’ सँगै केरला, गोवा र ओडिसा गरि कुल चार टिमबीच प्रतिस्पर्धा हुनेछ।
नेपालले पहिलो खेल शनिबार केरलासँग खेल्नेछ।त्यसपछि गोवा र ओडिसासँग खेल्ने तालिका रहेको छ।
त्ययसपछि क्वाटरफाइनल, सेमिफाइनल र फाइनल हुने बताइएको छ।
नेपाल ‘ए’ को कप्तानको जिम्मेवारी अनिल साहलाई दिइएको छ। अन्य खेलाडीहरूमा मयान यादव, तृतराज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, ललित राजवंशी र अर्जुन कुमाल रहेका छन्।
नेपाल ‘ए’ ले यसअघि आइसिसी विश्व कप लिग टु अगाडि अमेरिका र स्कटल्याण्डसँग अभ्यास खेलका चारै खेल जितेको थियो।








