Prakash Adhikari May 28, 2026

काठमाडौं, १४ जेठ । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावट आएको छ । यस दिन सुन प्रतितोला ५ हजार ५ सय रुपैयाँ र चाँदी २ सय १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

Share Now