सिंगापुर, २४ जेठ । सिंगापुरमा भइरहेको एसियन गेम्सको छनोट खेल अन्तरगत आज नेपाल सेमिफाइनलमा ओमानसंग खेलिरहेको छ ।
सिंगा ओभल ग्राउण्ड सिंगापुरमा ओमानले पहिले ब्याटिड. गर्ने निर्णय गरेपछि फिल्डिड.मा उत्रिएको छ । अहिले खेल १४.३ ओभरमा चलिरहेको छ । जहाँ ओमानले ६ विकेटको क्षतिमा ७९ रन जोडेको छ ।
खेलमा हालसम्म नेपालका करन के.सी. र सन्दीप लामिछानेले २ । २ , दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १ । १ विकेट लिएका छन् ।
नेपालले सम्हालिएर खेलेमा ओमानलाई पराजित गर्न कठिन छैन । बिहीबार सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपालले मलेसियालाई १ सय ६७ रनले हराएको थियो। त्यसअघि नेपालले चीनलाई २ सय २१ रनले पराजित गरेको थियो।
बिहिवार नेपालले दिएको २ सय ७६ को विशाल लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रनमा समेटिएको थियो।
सो खेलमा नेपालका कुशलले सर्वाधिक १ सय २६ रन बनाए। ५४ बल खेलेका उनले १४ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले २४ बलमा ५ चौका र ७ छक्कासहित ६८ रनको योगदान दिए।
खेलमा नेपालका टी २० कप्तान दीपेन्द्रसिंह ऐरी ३१ र सन्दीप जोरा १५ रन बनाएका थिए ।








