Prakash Adhikari June 7, 2026

सिंगापुर, २४ जेठ । सिंगापुरमा भइरहेको एसियन गेम्सको छनोट खेल अन्तरगत आज नेपाल र ओमानबीच भएको खेलमा नेपालले कसिलो बलिड. गरेको छ ।

सिंगा ओभल ग्राउण्ड सिंगापुरमा ओमानले पहिले ब्याटिड. गर्ने निर्णय गरेपछि फिल्डिड.मा उत्रिएको नेपालले ओमानलाई ९४ रनमा अल आउट गराएको छ ।

नेपाली बलरका सामु ओमानका ब्याटरहरुलाई टिक्न कठिन भयो आज । ओमानका लागि क्याप्टेन सुफयान मोहम्मदले ३८, जुबेर अलि अकबरले २२, अब्दुल जलिल खानले १६,शाहव आलमले ९, मुजाफ्फर नसिर हसनले ४, इशा अब्दुल रहिम र वासिम इस्मेलले १ रनको योगदान दिए भने शुहाएब इस्मेल, नवेल अब्दुलमाजिद, रसद मोहम्मद, समिर ओथमन(नटआउट) खाता खोल्न सकेनन । ओमानले ३ रन अतिरिक्त आर्जन गर्यो, लेगवाई बाट १ र वाइडबाट २ ।

नेपालका करन के.सीले ३, सोमपाल कामी र सन्दीप लामिछानेले २ । २ , साहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १ । १ विकेट लिए ।

नेपालले सम्हालिएर खेलेमा ओमानलाई पराजित गर्न कठिन छैन । बिहीबार सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपालले मलेसियालाई १ सय ६७ रनले हराएको थियो। त्यसअघि नेपालले चीनलाई २ सय २१ रनले पराजित गरेको थियो।

बिहिवार नेपालले दिएको २ सय ७६ को विशाल लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रनमा समेटिएको थियो।

सो खेलमा नेपालका कुशलले सर्वाधिक १ सय २६ रन बनाए। ५४ बल खेलेका उनले १४ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले २४ बलमा ५ चौका र ७ छक्कासहित ६८ रनको योगदान दिए।खेलमा नेपालका टी २० कप्तान दीपेन्द्रसिंह ऐरी ३१ र सन्दीप जोरा १५ रन बनाएका थिए ।

चीनसंगको खेलमा कुशलले १ सय २९ रन बनाएका थिए ।

Share Now