काठमाडौँ, २८ जेठः स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु ५ हजार १०० र चाँदी रु ९० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु २ लाख ८६ हजार ७०० कायम भएको छ । एक तोला चाँदीको मूल्य रु ४ हजार ६५० निर्धारण भएको छ ।
हिजो एक तोला सुन रु २ लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु ४ हजार ७४० मा कारोबार भएको थियो ।
गत मङ्गलबार एक तोला सुन रु ३ लाख एक हजार ९०० र चाँदी रु ४ हजार ९२५ मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
—