वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २९ जेठ (एजेन्सी।सामाजिक सञ्जाल)। अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले इरान विरुद्ध निर्धारित भयानक सैन्य हमला रद्द गरिएको घोषणा गर्नुभएको छ।
उहाँले यस अगाडि आज राति नै इरानविरुद्ध भयानक आक्रमण गर्ने तयारी गरिएको र अमेरिकाले सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिनुएको थियो ।
तर शान्तिका लागि भइरहेको वार्तामा अमेरिकाले सोचें अनुरुपको प्रगति भएको जानकारी पाएपछि राष्ट्रपतिले पूर्वनिर्धारित आक्रमण रोक्ने घोषणा गर्नुभयो । वार्ताकारहरुले संयुक्त राज्य अमेरिकाको अनुकूल एक उत्तम बहु(राष्ट्रिय शान्ति सम्झौता सुरक्षित भएको जानकारी दिएका छन् ।
यो शान्ति संझौताले पूर्णस्तरीय द्वन्द्व रोक्नका लागि व्यापक सुरक्षा ढाँचा अन्तर्गत इजरायल, साउदी अरेबिया, युएई, टर्की, पाकिस्तान र धेरै अन्य क्षेत्रीय शक्तिहरूलाई एकसाथ ल्याएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “इस्लामिक गणतन्त्र इरानसँगको छलफललाई इरानी नेतृत्वको उच्चतम स्तरमा पुर्याइएको र अनुमोदन गरिएको तथ्यको आधारमा, संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा मैले आज साँझ इरान विरुद्ध निर्धारित हमला र बम विष्फोटहरू रद्द गरेको छु। छलफल र अन्तिम बुँदाहरू, अवधारणा र विस्तृत रूपमा, संयुक्त राज्य अमेरिका, इजरायल, साउदी अरेबिया, युएई, कतार, टर्की, पाकिस्तान, बहराइन, कुवेत, जोर्डन, इजिप्ट र अन्य सहित सबै संलग्न पक्षहरूद्वारा अनुमोदित भएका छन्। यो लेनदेन छिट्टै अन्तिम रूपमा घोषणा नभएसम्म नौसेना नाकाबन्दी पूर्ण शक्ति र प्रभावकारी रहनेछ। हस्ताक्षरको समय र स्थान छिटै घोषणा हुनेछ।”
वार्ताकै चरणमा पनि इरानलाई दवावमा राख्नका लागि अमेरिकाले यसअघि बुधबार इरानबाट मिसाइल मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अखडाहरुमा क्षेप्यास्त्र प्रहार भएको थियो भने अमेरिकाले हवाई आक्रमण गरेको थियो । त्यस क्रममा बहराइन, कुवेत र जोर्डनमा मिसाइल प्रहार गरिएको र अमेरिकी हेलिकप्टर खसालिएको घटनापछि स्थिति झनै तनावपूर्ण बनेको थियो ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार बिहीबार बिहान सूर्य उदाउनुअघि इरानमा लक्षित हवाई आक्रमणको दोस्रो चरण सम्पन्न गरियो । उक्त आक्रमणमा सैन्य निगरानी, सञ्चार र हवाई रक्षा प्रणालीलाई निशाना बनाइएको थियो । अमेरिकी वायुसेना, मरीन र नौसेनाले संयुक्त रूपमा सञ्चालन गरेको आक्रमणको क्षतिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।आक्रमणपछि तेहरान वरपरका क्षेत्र, साथै बन्दर अब्बास र दक्षिणी भूभागमा शक्तिशाली विस्फोटहरू सुनिएको स्थानीय स्रोतहरूले जानकारी दिएका थिए ।
इरानमाथि २२ देशको दबाब
संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा हुने भनिएका आक्रमण, अपहरण र डरत्रासका गतिविधि तत्काल रोक्न संयुक्त चेतावनी दिएका छन् । ती देशहरूले इरानसँग सम्बद्ध सुरक्षा तथा गुप्तचर निकायहरू विदेशी भूमिमा असन्तुष्ट, पत्रकार तथा यहुदी र इजरायली समुदायलाई लक्षित गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन् ।
बिहीबार जारी गरिएको संयुक्त विज्ञप्तिमा सहभागी देशहरूमा अल्बानिया, अष्ट्रेलिया, बेल्जियम, संयुक्त अधिराज्य)बेलायत) , बुल्गेरिया, क्यानडा, चेक गणराज्य, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, आयरल्याण्ड, लाटभिया, लिथुआनिया, नेदरल्याण्ड्स, न्यूजील्याण्ड, उत्तरी म्यासेडोनिया, नर्वे, पोर्चुगल, स्वीडेन र संयुक्त राज्य अमेरिका हुन् । उनीहरुले संयुक्त विज्ञप्तिमार्फत आफ्नो भूमिमा मानिसहरूलाई मार्ने, अपहरण गर्ने, उत्पीडन गर्ने, धम्क्याउने वा अन्य प्रकारका आक्रमण गर्ने प्रयासले राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय मान्यतामाथि प्रत्यक्ष चुनौती खडा गरेको बताएका थिए । उनीहरूले यस्ता गतिविधि तत्काल अन्त्य गर्न इरानलाई आग्रह गरेका थिए ।
विज्ञप्तिमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) अन्तर्गतका गुप्तचर सेवाहरू तथा यसको विदेशी अपरेसन शाखा कुद्स फोर्सले विभिन्न देशमा रहेका इरानी असन्तुष्ट, पत्रकार तथा यहूदी र इजरायली समुदायसँग सम्बन्धित व्यक्ति र संस्थालाई लक्षित गर्दै घातक षड्यन्त्र तथा दुर्भावनापूर्ण गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ ।
संयुक्त वक्तव्यमा हस्ताक्षरकर्ताहरूले आफ्ना नागरिक र देशलाई यस्ता खतराबाट सुरक्षित राख्ने विषयमा आफूहरू एकजुट रहेको उल्लेख गर्दै इरानले अब यस्ता कार्यहरू पूर्ण रूपमा बन्द गर्नुपर्ने बताएका थिए। उनीहरूका अनुसार अन्तर्राष्ट्रिय सुरक्षा र कानूनी व्यवस्थालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन ।
ती देशहरूले इरानसँग सम्बन्धित मानिएको समूह ‘हरकत अशाब अल–यामिन अल–इस्लामिया’ मार्फत युरोपका विभिन्न स्थानमा यहुदी समुदाय, इरानी पत्रकार तथा अमेरिकी पत्रकारहरूलाई लक्षित गरी आक्रमणको अभियान सञ्चालन गरिएको दाबी पनि गरेका छन् । उक्त अभियानको पछाडि इरानको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको उनीहरूको आरोप छ ।
यसैबीच, कम परिचित उक्त समूहले लन्डनको गोल्डर्स ग्रीन क्षेत्रमा रहेका सभास्थल र यहुदी समुदायसँग सम्बन्धित विभिन्न केन्द्रहरूमा हालै भएका श्रृङ्खलाबद्ध आगजनी घटनाको जिम्मेवारी लिएको बताइएको छ । गोल्डर्स ग्रीन लन्डनको ठूलो यहुदी समुदाय बसोबास गर्ने क्षेत्रका रूपमा परिचित छ ।
पछिल्लो संयुक्त चेतावनीलाई पनि इरानमाथि बढ्दो कूटनीतिक दबाबका रूपमा हेरिएको थियो ।