ब्राजिलले विश्वकप २०२६ मा बिहीबार स्कटल्यान्डलाई ३–० ले पराजित गरेको छ र समूह ‘सी’को विजेता बनेको छ ।
काठमाडौँ, ११ असार । ब्राजिलले सबैखाले आलोचनाको बलियो जवाफ दिँदै विश्वकप २०२६ मा बिहीबार स्कटल्यान्डलाई ३–० ले पराजित गरेको छ र समूह ‘सी’को विजेता बनेको छ । यससँगै ब्राजिल प्रतियोगिताको नकआउट चरण प्रवेश गर्न पनि सफल रह्यो ।
यो जितपछि ब्राजिल सात अंकमा समूहको शीर्षमा रह्यो । मोरक्को सात अंकमै दोस्रो स्थानमा रह्यो र उसले पनि अन्तिम ३२ मा स्थान बनायो । मियामी स्टेडियममा ब्राजिलले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो र यी दुवै गोल भिनिसियस जुनियरले गरेका हुन् ।
उनले सातौं मिनेटमा गोलको खाता खोलेपछि इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल थपे । म्याथेस कुन्हाले ६० औं मिनेटमा तेस्रो गोल गरे । हारले स्कटल्यान्ड तीन अंकमै सीमित रहेर तेस्रो स्थानमा रह्यो र उसको अर्को चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।








