Prakash Adhikari July 23, 2026

 

इस्लामावाद(पाकिस्तान), ७ साउन। नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष च्याम्पियनपिस २०२६ मा लगातार दोस्रो हार बेहोरेको छ।

इस्लामावादस्थित लियाकत व्यायामशालामा बिहीबार सम्पन्न दोस्रो खेलमा नेपाल श्रीलंकासँग ३–२ को सेटमा पराजित भएको हो।

योसँगै नेपालले लगातार दोस्रो हार बेहोरेको छ।

नेपाल पहिलो खेलमा काजकिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो।

आजको निकै नै रोमाञ्चक खेलमा नेपालले पहिलो सेट २५–१८ ले गुमाएको थियो। तर, त्यसपछिका दुई सेट २१–२५ र १९–२५ मा नेपालले पुनरागमन गर्यो र खेलमा खेलमा १–२ को अग्रता बनाएको थियो। तर, चौथो सेट २५–२१ ले सुम्पिन पुग्दा खेल पाँचौं सेटमा धकेलियो। उक्त अन्तिम सेटमा भने श्रीलंकाले सानदार खेल प्रदर्शन गर्दै १५–१० को जित हात पार्‍यो।

नेपालले अब आफ्नो तेस्रो खेलमा शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ।

Share Now