काठमाडौं,१० साउन । नेपाली कांग्रेसले प्रदेश सभापतिहरू र मुख्यमन्त्रीहरूसँग छलफल गरेको छ।
आज केन्द्रीय कार्यालय सानेपामा कांग्रेस प्रदेश सभापति र मुख्यमन्त्रीहरूसँग छलफल गरेको हो।
अहिले बागमती, गण्डकी, सुदूरपश्चिम र मधेसमा कांग्रेस नेतृत्वमा सरकार छ।
शनिबार नेकपा एमाले र नेकपाबीच प्रदेशहरूमा सरकार बनाउने सहमति भएको थियो।
कांग्रेसले तीन ठूला दल मिलेर सातै प्रदेशमा सरकार बनाउने प्रस्ताव अस्वीकार गरेपछि एमाले र नेकपाले सरकार बनाउने सहमति गरेका थिए।
छलफलमा सहभागी बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँका अनुसार सातै प्रदेशका पार्टीका सभापति, संसदीय दलको नेता र कांग्रेसका मुख्यमन्त्रीलाई बोलाएर पार्टी सभापति गगन थापाले परामर्श लिनुभएको हो ।
अहिले प्रदेशमा सरकार गठनको सम्बन्धमा जुन किसिमको परिस्थिति निर्माण भएको छ, त्यो परिस्थितिमा संघीयता लोकतन्त्र र संघीयता मान्दै निर्वाचनमा सहभागी भएका दलहरू बीचमा सहकार्य गरेर कसरी जान सकिन्छ या प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ, त्यहीअनुसार अगाडि बढ्ने भन्ने विषयमा कुरा भएको थियो ।
छलफलमा गण्डकी र मधेसमा एमाले र नेकपाले मात्र सरकार बनाउन नसक्ने निष्कर्ष निकालिएको थियो।








