आर्मस्टर्डम,(नेदरल्याण्ड्स), १३ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज नेदरल्याण्ड्स श्रृखलाको अन्तिम खेल घरेलु टिमसंग खेल्दैछ ।
नेपालको राष्ट्रिय टिम अहिले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगत त्रिदेशीय श्रृखलाका खेलहरु खेल्न नेदरल्याण्ड छ ।
त्रिदेशीय खेलको अन्तिम खेल आज अपरान्ह २ः४५ बजे नेदरल्याण्डको राजधानी आम्र्सटर्डमको उत्रिचस्थित स्पोर्टसपार्क मार्शचलकरविर्डमा सुरु हुनेछ ।
नेदरल्याण्ड्स श्रृखलाका हालसम्मका तीन खेलमा नेपालले राम्रो गर्न सकेको छैन् । नेपालले न सोंचेजस्तो ब्याटिड. गर्न सक्यो, न बलिड. राम्रो भयो, न फिल्डिड. नै । यस अगाडिको दुईवटा नेपाल श्रृखला र एशियाली खेल छनोट खेलमा राम्रो प्रदर्शन गरेको नेपाली टिम नेदरल्याण्ड्सको मैदानमा भने नुन खाएको कुखुरा झोक्राए जस्तो देखिएको छ । न खेलाडीमा ताजापन देखिन्छ । न खेलमा उत्साह ।
आज हुने खेलमा नेपाल सान्त्वना जितको खोजीमा हुने छ ।








