अनबरसन एथिराजन, ग्लोबल अफेयर्स संवाददाता र याङ तियान(बीबीसी)
इस्लामावाद(पाकिस्तान), १५ साउन । विश्वका अग्ला हिमालहरू मध्येको पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो गएपछि नेपालका प्रख्यात पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको दश सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली बेपत्ता भएको आशंका गरिएको छ।
पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले बिहीबार मध्यान्हतिर काराकोरम पर्वत शृङ्खलाको ८,०४७ मिटर (२६,४०० फिट) अग्लो चुचुरोमा हिमपहिरो गएको बताएका छन्। टोलीसँग त्यसपछि कुनै सम्पर्क भएको छैन।
एक अमेरिकी, एक चिनियाँ नागरिक, एक ओमानी र पाँच नेपाली आरोही समूहमा आबद्ध रहेको बताइएको छ। पर्वतारोहण अभियानका नेता पुर्जा २०१९ मा छ महिनाभन्दा कम समयमा विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्वमा अलग पहिचान बनाएका व्यक्तित्व हुनुहुन्छ।
खोजकर्ताहरूले मौसमले साथ दिएमा हेलिकप्टर प्रयोग गर्ने आशा राखेका छन्।
ब्रोड पिकलाई अभियानका लागि सबैभन्दा चुनौतीपूर्ण हिमालहरू मध्ये एक मानिन्छ, र यसलाई विश्वको १२ औं अग्लो चुचुरोको रूपमा दर्जा दिइएको छ।
पाकिस्तानको अल्पाइन क्लबले एक विज्ञप्ति जारी गर्दै तत्काल खोज र उद्धार अभियान सुरु गर्न सरकारी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ।
समूहले हेलिकप्टर सहयोग सुनिश्चित गर्न हरसम्भव प्रयासू गरिएको र सबै उपलब्ध स्रोतहरू सकेसम्म चाँडो परिचालन गरिएको बताएको छ।
ूक्लबले सबै पर्वतारोहीहरूको सुरक्षा र सफल उद्धारको लागि प्रार्थना गर्दछ र यस कठिन समयमा उनीहरूको परिवार र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायसँग ऐक्यबद्धतामा उभिएको छ,ूउसले भनेको छ।
पूर्जा २००३ मा ब्रिटिश सेनामा भर्ना हुनुभएको थियो । उहाँ २००९ मा रोयल मरीन बन्नुभएको थियो।
उहाँको आरोहण करियर २०१२ मा सगरमाथा आधार शिविरमा हिंडेर गएपछि सुरु भयो र योजना अनुसार फर्कनुको सट्टा, सम्पूर्ण हिमाल चढ्ने निर्णय गर्नुभयो।








