काठमाडौँ, १७ साउनः स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु १ हजार ८ सय र चाँदी रु ४५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार २ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ३ सय १५ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ८५ हजार र चाँदी रु ४ हजार ३ सय ६० कायम भएको थियो । बिहीबार एक तोला सुन रु २ लाख ८४ हजार र चाँदी रु ४ हजार ३ सय १० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
–––