Prakash Adhikari August 3, 2026

काठमाडौँ, १८ साउन । साउन महिनाको तेस्रो सोमबार आज हिन्दू धर्मावलम्बीहरूले भगवान् शिवको पूजाआराधना गरी मनाउँदै छन्। साउन महिना र विशेष गरी सोमबारलाई शिव उपासनाका लागि वर्षकै पवित्र समयका रूपमा लिइन्छ।

आजका दिन बिहानैदेखि देशभरका प्रमुख शिवालयहरूमा भक्तजनको बाक्लो उपस्थिति र पूजाआजा भइरहेको छ। साउनको सोमबार ब्रत बसी शिवको पूजाआराधना गर्दा पारिवारिक सुख, शान्ति, मनोकांक्षा पूरा हुने र विशेष फल प्राप्त हुने जनविश्वास रहेको छ।

विशेष गरी महिलाहरूले हरियो, पहेंलो वस्त्र र चुरा-पोतेमा सजिएर शिवको जल्याभिषेक तथा पूजाआजा गर्ने गर्दछन्। काठमाडौँको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायत देशका विभिन्न शिव मन्दिरहरूमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

Share Now