Prakash Adhikari August 6, 2026
एअरपोर्टमा देउवाः फाइल फोटो

काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने हुनुभएको छ ।

हङकङमा रहनुभएका देउवा २६ गते स्वदेश फर्किने तय भएको जानकारी पूर्वअर्थमन्त्री एवम् कांग्रेस नेता डा.प्रकाशशरण महतले दिनुभएको छ ।

कांग्रेसका पूर्वसभापति देउवा ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ जानुभएको थियो ।

विशेष महाधिवेशनबाट आएको पार्टीको नयाँ नेतृत्वले उहाँ प्रचारका निस्किए पार्टीको भोट घट्छ भनेर चुनावमा निस्कने बाटो बन्द गरिदिएपछि पार्टीका निवर्तमान सभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका जानुभएको थियो।

Share Now