Prakash Adhikari August 12, 2026

काठमाडौं,२७ साउन । जेनजी आन्दोलनपछि नेपालको शेयर बजारको बृद्धिदरमा ब्रेक लागेको छ ।

साताको तेस्रो कारोबार दिन बुधवार पनि नेपालको शेयर बजार उकालोको धर्म मात्र निर्वाह गरेर बन्द भयो । यस दिन धितोपत्र बजार परिसूचक एक अंकले पनि बढ्न सकेन । ०.५५ अंकले बढेर २६४२.४०मा रोकियो । यो अघिल्लो दिनको तुलनामा ०.०२ प्रतिशतको बृद्धि हो ।

यस दिन ३ सय ४८ स्क्रिप्टका ८७ लाख १ हजार ९ सय ४४ कित्ता शेयरको खरिदबिक्रीबाट ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५ सय १८ रुपैया २७ पैसा बराबरको कारोबार भएको छ ।

यस दिन १ सय २ स्क्रिप्टको शेयर मूल्य बढ्यो, १ सय ६५ वटाको घट्यो भने ९ स्क्रिप्टको अघिल्लो कारोबार दिनको तहमा कायम रह्यो ।

यस दिन शेयर मूल्य धेरै बढ्ने कम्पनीहरुमा माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेड, इमर्जिड. नेपाल, एचआईडीसीएल, सानिमा लार्ज क्याप फण्ड, एनआरएन, तारागाउँ रिजेन्सी होटल, निफ्रा, हिमालयन ८०२०, एभरेष्ट कलर ल्याब, मञ्जुश्री फाइनान्स लिमिटेड रहेका छन् ।

यस दिन आईसीएफसी डिबेञ्चर ८३, अपर लोहरेखोला हाइड्रोपावर, प्रभु बैंक डिबेञ्चर ८६, लक्ष्मी बैंक डिबेञ्चर ८६, एनसीसी डिबेञ्चर ८६,महिला लघुवित्त,कर्पोरेट विकास बैंक,कुमारी बैंक डिबेञ्चर ८९, लक्ष्मी उन्नति कोष र अपर हेवा कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढी घटेको छ ।

यस दिन अधिक रकमको कारोबार हुुने शीर्ष १० कम्पनीहरुमा एनआरएन, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, सोलु हाइड्रोपावर, खानीखोला, न्यादी ग्रुप पावर, रिडी पावर, राँधी,आँखु खोला जलविद्युत, कुमारी विकास बैंक,रिलायन्स स्पिनिड. मिल्स रहेका छन् ।

यस दिन बैंक,फाइनान्स, होटल्स, इन्भेष्टमेण्ट, म्युच्युअल फण्ड, ननलाईफ इन्स्योरेन्सउपसमूहका परिसूचक बढेका छन् भने विकास बैंक,हाइड्रो पावर, उत्पादनमूलक, लाइफ इन्स्योरेन्स,माइक्रो फाइनान्स,अन्य र टे्रडिड. उपसमूहको परिसूचक घटेका छन् ।

Share Now