काठमाडौं, २ भाद्र । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।
यस दिन सुन सोमबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार हुने भएको हो भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भएको थियो।








