Prakash Adhikari August 21, 2026

काठमाडौं, ५ भाद्र । साताको अन्तिम कारोबार दिन शुक्रवार नेपालको शेयर बजार ओरालो लागेको छ ।

अघिल्लो दिन ७.१७ अंकले बढेको धितोपत्र बजार पसिसूचक आज १०.६७ अंकले ओरालो लागेर २६१८.७२ बिन्दुमा खुम्चिएको हो ।

यस दिन क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १.५४ अंकले ओरालो लागेर ४६१.३४ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज ३४४ वटा स्टकका १ करोड २२ लाख ७ सय ६५ कित्ता शेयरको खरिद बिक्रीबाट ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८ सय ८२ रुपैंयाँको कारोबार भएको छ ।

आज घटेको बजारमा पनि ७० स्टकको शेयर मूल्य बढेको छ । मूल्य बढेका शीर्ष १० कम्पनीहरुमा सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज, पञ्चकन्या माई हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कम्पनी,हाथवे, नेशनल लाइफ समृद्धि योजना, एनआईबिएल ग्रोथ फण्ड, सानिमा हाइड्रोपावर कम्पनी, सिद्धार्थ इक्विटी फण्ड, हिमालयन लाईफ इन्स्योरेन्स क्यापिटल फण्ड र बराही हाइड्रोपावर लिमिटेड रहेका छन् ।

यस्तै यस दिन १ सय ७८ स्टकका शेयर मूल्य घटेको छ । आज अधिक शेयर मूल्य घटेका १० कम्पनीमा डिप्रोक्स लघुवित्तीय संस्था, लक्ष्मी भ्यालु फण्ड २ , सूर्यकुण्ड हाइड्रो, आईएफसी डिबेञ्चर ८३, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन बैंक डिबेञ्चर८६, ग्रामीण विकास लघुवित्त, एभरेष्ट कलर ल्याब, इष्टर्न हाइड्रोपावर र एनआईसी ब्यालेन्स फण्ड रहेका छन् ।

कारोबारको आधारमा यस दिन सबैभन्दा बढी रिलायन्स स्पिनिड. मिलको २६ करोड, सोलु हाइड्रो २४ करोड, रिडी १८ करोड सानिमा माई हाइड्रो १८ करोड, तमोर १३ करोड, माउण्टेन इनर्जी ११ करोड, साहस ११ करोड,आँखुखोला जलविद्युत १० करोड, माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेड १० करोड र एनआरएन ९ करोड रहेका छन् ।

धितोपत्र बजारमा आज १३ वटै उपसमूहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमूहको सूचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैक, फाईनान्स, जलबिद्युत जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमूहहरुको सूचक ओरालो लागेका छन् ।

Share Now