Prakash Adhikari August 22, 2026
गण्डकी, ६ भदौः परिवारका सदस्यसहित निजी भ्रमणमा  शुक्रबार पोखरा आउनुभएका प्रधानमन्त्री वालेन्द्र शाह आज मुस्ताङतर्फ प्रस्थान गर्नुभएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार प्रधानमन्त्री शाह स्थलमार्गबाट मुस्ताङ प्रस्थान गर्नुभएको हो ।  प्रधानमन्त्रीको भ्रमणको पूर्ण विवरण आफूलाई ज्ञात नभएको उहाँले बताउनुभयो ।
मुस्ताङमा प्रधानमन्त्रीले मुक्तिनाथको दर्शन गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।
Share Now