Prakash Adhikari August 26, 2026

डार्बिन(अष्ट्रेलिया), १० भाद्र।अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा सहभागी भइरहेको नेपाल ‘ए’ क्रिकेट टोलीले आज(बुधबार) अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ।

नेपाल र एसीटीबीचको खेल डार्विनस्थित मारारा क्रिकेट ग्राउन्डमा दिउँसो ३ः१५ बजे सुरु हुनेछ। प्रतियोगितामा यो नेपालको चौथो खेल हो ।

नेपालले प्रतियोगितामा तीन खेलबाट एक जित र दुई हारसहित दुई अंक जोडेको छ। नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको थियो।

अर्को खेलमा बंगलादेश हाइ प्रफरमेन्स ११ सँग ९ विकेटको फराकिलो हार बेहोरेको थियो। तर, तेस्रो खेलमा भने होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्य देखाएको छ।

यता एसीटीले तीनवटै खेलमा हार बेहोरेको छ। आजको खेलमा नेपाल जित निकाल्दै प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गर्ने र अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा छ। एसीटी भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ।

Share Now