Prakash Adhikari September 6, 2026

काठमाडौं, २१ भाद्र । नेपालमा आएको विनाशकारी बाढीपहिरोपछि पाकिस्तानले नेपालका प्रभावित नागरिकका लागि १०० टन मानवीय सहायता पठाएको छ।

पाकिस्तानका विदेशमन्त्री इशाक डारले विपद्बाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै पाकिस्तान नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभएको छ।

पाकिस्तानले पठाएको राहत सामग्रीमा पाल, कम्बल, चटाई, सरसफाइ सामग्री र औषधि रहेका छन्। डारले कठिन परिस्थितिमा नेपाललाई आवश्यक सबै सहयोग गर्न पाकिस्तान तयार रहेको बताउनुभएको छ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट अहिलेसम्म १ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ भने करिब ४ हजार ९ सय ९६ जना अझै बेपत्ता छन्। बाढीका कारण घर, सडक तथा जलविद्युत् आयोजनासहित ठूलो भौतिक क्षति भएको छ।

Share Now