Prakash Adhikari September 6, 2026

काठमाडौं, २१ भाद्र । एभरेस्ट बैंकले भोटेकोशी त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि ३ करोड ११ लाख ५४ हजार रुपैयाँ सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड ५१ लाख र आफ्ना कर्मचारीको तर्फबाट ६० लाख ५४ हजार ६ सय ५ रुपैयाँ सहयोग गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई सहयोग रकमको चेक हसह्तान्तरण गर्नुभएको हो ।

यसबाहेक बैंकका कर्मचारीले बाढी प्रभावितका लागि खाद्यान्न लगायत राहत सामग्री पनि उपलब्ध गराएका छन्।

 

Share Now