Prakash Adhikari September 6, 2026

काठमाडौं, २१ भाद्र । एक्सट्रिम इनर्जी ड्रिंक्स नेपाल भलिबल लिग (एनभीएल) अन्तरगत आज भएका खेलमा कर्णाली शिवराज र अन्नपूर्ण सुपर स्पाइकर्स विजयी भएका छन्।

आजको खेलमा कर्णाली शिवराजले खप्तड फाल्कन्स र अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौं रेड्सलाई पराजित गरेका हुन् ।

कर्णालीले खप्तड फाल्कन्सलाई ३-० को सोझो सेटमा हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा खप्तडलाई निरिह बनाउँदै २५-१९, २५-१९ र २५-१९ ले कर्णालीले सहज जित आफ्नो पक्षमा पारेको हो।

लगातारको दोस्रो जितमा कर्णालीले ६ अंक बनाएको छ। खप्तडको भने यो लगातार दोस्रो हार हो। उसले अंकको खाता खोल्न सकेको छैन।

यसअघि आज भएको खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौं रेड्सलाई ३-० सोझो सेटमा हराउँदै पहिलो जित हात पारेको थियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको भएको शनिवारको पहिलो खेलमा काठमाडौंले मधेशलाई ३-२ ले पराजित गर्यो । आफ्नो पहिलो खेलमा काठमाडौं २०–२५, २६–२४, २५–१७, २२–२५ र १६–१४ ले विजयी भयो ।

काठमाडौं रेड्सका अहमद मुस्ताफा खान ‘म्यान अफ द म्याच’ घोषित भए ।

मधेशको यो लगातार दोश्रो हार हो । मधेस शुक्रवार भएको उद्घाटन खेलमा सगरमाथा स्म्यासर्ससँग ३-१ ले पराजित भएको थियो।

 शनिवारको  खेलमा सगरमाथा स्म्यासर्स

सगरमाथा स्म्यासर्सले एक्सट्रिम इनर्जी ड्रिंक्स नेपाल भलिबल लिग (एनभिएल) मा लगातार दोस्रो खेल भयो ।

शनिवारको दोस्रो खेलमा  सगरमाथाले खप्तड फाल्कन्सलाई ३-० को सोझो सेटमा पराजित गर्यो । सगरमाथाले पहिलो र दोस्रो सेट समान २५-१८ र तेस्रो सेट सगरमाथाले २५-१९ ले विजयी भएको थियो। खप्तडको यो पहिलो खेल हो ।

सगरमाथाका आइमल खान ‘म्यान अफ द म्याच’ चुनिए । आइमल लगातार दोश्रोपटक ‘म्यान अफ द म्याच’ बनेका हुन् ।

पहिलो खेलमा काठमाडौं रेड्सले विजयी सुरुवात गर्यो ।

काठमाडौंले निकै प्रतिस्पर्धात्मक खेलमा मधेश वारीयर्सलाई ३-२ को सेटमा माथ दियो। मधेशको यो लगातार दोस्रो हार हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा मधेशले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-२० ले जित्दै १-० को अग्रता बनायो। दोस्रो सेट भने प्रतिस्पर्धात्मक बन्यो। जहाँ २६-२४ को नतिजामा दोस्रो सेट काठमाडौंले जित्दै खेललाई १-१ को बराबरीमा पुर्यायो।

दोस्रो सेटमा यही प्रदर्शनलाई निरन्तरता दिएको काठमाडौंले सहजै तेस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पार्यो। २-१ ले पछि परेको स्थितिमा मधेशले चौथो सेटमा काठमाडौंलाई चुनौती दियो। २५-२२ ले चौथो सेट जित्दा खेल २-२ को रोमाञ्चक मोडमा पुग्यो।

खेलको निर्णय पाँचौं सेटबाट भयो। एक समय काठमाडौंले ७-४ को अग्रता बनायो। तर मधेशले १४-१४ को बराबरी सम्म पुर्याए पनि १६-१४ ले काठमाडौँले बाजी मार्यो।

मधेश मधेस शुक्रवार भएको उद्घाटन खेलमा सगरमाथा स्म्यासर्ससँग ३-१ ले हारेको थियो।

केडिया ग्रुपद्वारा आयोजित लिगमा कुल ६ टोली सहभागिता छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख प्राप्त गर्नेछ। नेपाली भलिबलमा यो अहिलेसम्म कै सर्वाधिक नगद पुरस्कार हो।

भदौ २७ गतेसम्म कभर्डहलमा हुने एनभिएलमा सिंगल राउन्ड रोबिन लिग खेल्नेछन्। लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।

Share Now