काठमाडौं,१३ कार्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सोमबारको तुलनामा निकै सुधार सुधार आएको छ ।
उपचारमा संलग्न चिकित्सकले मंगलबार बिहानसम्म उहाँको स्वास्थ्यमा निकै सुधार आएको बताएका छन् ।
प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले उहाँले मंगलबार बिहान झोलिलो खानेकुरा समेत खानुभएको बताउनुभएको छ । प्रधानमन्त्रीले सहज ढंगले कुरा पनि गर्न थाल्नुभएको छ ।
यसैबीच, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एण्ड टान्स्प्लान्ट सेन्टरले प्रधानमन्त्रीको स्वास्थ्यबारे बिहान १० बजे एक विज्ञप्ति प्रकाशित गर्दै स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको छ ।
‘विज्ञप्ति अनुसार आज मगलबार बिहान गरिएको उहाँको रगत परिक्षण र छातीको एक्सरे आदिको रिपोर्टहरु सकारात्मक छन् र स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको छ ।
उहाँलाई सोमबार बिहान ४.३० बजे अस्पताल भर्ना गरिएको थियो ।
मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोलीको रेखदेखमा उहाँको उपचार भैरहेको छ ।


















