काठमाडौं, १२ कार्तिक । एएफसी यु–१९ महिला च्याम्पियनसिपमा आफूलाई े दोस्रो चरणको छनौटमा उभ्याएर नेपाली महिला टोली सोमबार साँझ स्वदेश फर्किएको छ ।
थाइल्याण्डमा सम्पन्न छनौट प्रतियोगितातर्फ समूह बी मा रहेको नेपालले अन्तिम खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई हेड टु हेडका आधारमा पछि पार्दै दोस्रो चरणका लागि छनौट भएको थियो । दोस्रो चरणको खेलहरु आगामी बर्षको अप्रिल महिनादेखि शुरु हुनेछन् ।
स्वदेश फर्किएको नेपाली महिला टोलीलाई एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंह, महिला फुटबल संघकी अध्यक्ष बिन्द्रा देवान लगायत अन्य पदाधिकारीहरुले स्वागत गरेका थिए ।


















