काठमाडौं, २३ कार्तिक । पोखरा एभेञ्जर्सले आफ्नो चौथो खेलमा बल्ल बल्ल लय पक्डेको छ । आज कर्णाली याक्सविरुद्ध भएको खेलको नतिजा आफ्नो पक्षमा पारे संगै पोखरा खेलमा पुनरागमन गर्ने संभावना बढेको हो ।
आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिड. रोज्दै मैदानमा उत्रिएको पोखराले २० ओभरको खेलमा ३ विकेटको क्षतिमा १ सय ७३ रन जोडेर प्रतिस्पर्धी कर्णालीसमक्ष १ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
तर कर्णालीले सो लक्ष्य पूरा गर्न सकेन । उसले २० ओभरको खेलमा १८.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रनमात्र जोड्न सक्यो । कर्णालीका लागि पवन सर्राफले ३२,अरिफूल इस्लामले २४, दीपक डुम्रेले २२, सोमपाल कामीले २१, सूर्य तामाड.ले १३, नन्दन यादवले ३, गुल्शन झाले २ र युवराज खत्रीले १ रनको योगदान गरे । जिसन आलम खाता नखोली आउट भए । कर्णालीले १७ वाइड, २ नोबल र २ लेगवाईबाट अतिरिक्त २१ रन जोड्यो ।
कर्णालीलाई रोक्ने क्रममा मेहन्दी हसनले ३ तथा धनञ्जय लक्ष्मण,कुशल भूर्तेल र विपिन खत्रीले समान २ । २ विकेट लिए ।
यस अगाडि टस जितेर ब्याटिड.मा उत्रिएको पोखराले ओपनर युवराज शम्राको शतक र कुशल भुर्तेलको अर्धशतकको मद्दतमा मा कर्णालीसामु २ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जारी तेस्रो संस्करणमा शतक हान्ने श्रेय पनि पोखराले पाएको छ ।
पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो। एनपीएलको तेस्रो संस्करणमा २ सय रनको आँकडा पूरा गर्ने पोखरा पहिलो टोली बनेको छ ।
समग्रमा एनपीएलमा २ सय रनको योगफल पूरा भएको तेस्रो हो। यसअघि दोस्रो सिजनमा विराटनगरले पोखराविरुद्ध २ सय २० र कर्णालीविरुद्ध पोखराले पहिला ब्याटिङ गर्दै २ सय १ रन बनाएको थियो।
पोखराका लागि युवराजले ४५ बलमा १० चौका र ६ छक्का सहयोगमा शतक पूरा गरे। जारी एनपीएलमा बनेको यो पहिलो शतक हो। उनले ४८ बलमा १ सय २ रन बनाउँदा मार्क वाटको बलमा अरिफुल स्लामबाट क्याच भए।
एनपीएलमा बनेको यो चौथो शतक हो। यसअघि पहिलो सिजन पोखराका आद्रेस गसले ५५ बलमा शतक हानेका थिए ।दोस्रो सिजन कर्णाली याक्सका मार्क वाटले ४१ बलमा तथा पोखरा कै आडम रोसिङटनले ५८ बलमा शतक पूरा गरेका थिए।
एनपीएलको तीन संस्करणमा चार खेलाडीले शतक बनाएका छन्। चारै शतक विदेशी खेलाडीको नाममा रह्यो। एनपीएलका अघिल्ला २ संस्करणमा प्लेअफ पुग्न नसकेको एक मात्र टोली पोखराका लागि ३ खेलाडीले शतक हानेका छन्।
आजको खेलमा दोस्रो विकेटका लागि युवराज र कुशल भुर्तेलले १ सय ३६ रनको साझेदारी गरे। कुशल ३९ बलमा ७ चौका सहयोगमा ६२ रन बनाउँदा सोमपाल कामीको बलमा विकेट किपरबाट क्याच आउट भए। कुशलले २८ बलमा ६ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।
खेलमा ओपनर मेहदी हसन १६ बलमा ५ रन बनाउँदा सोमपाल कै बलमा क्याच आउट भए। सन्नी विके ३ र कप्तान चमिका करुणारत्ने ३५ रनमा अविजित रहे।
पोखरालाई रोक्ने क्रममा कर्णालीका लागि सोमपाल कामीले २ विकेट लिए। उनले आफ्नो स्पेलमा २४ रन खर्चे। मार्क वाटले एक विकेट लिए।







